१६ असार, रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादीका संयुक्त प्यानलका उम्मेदवारभन्दा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । दुई वटा वडाको मतगणना सकिदा उपमहानगर प्रमुखमा एमालेका उम्मेदवार शिवराज सुवेदीले झण्डै ४०० को अग्रता कायम गरेका छन् ।
उपमहानगर प्रमुखमा सुवेदीले २५५० मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलको तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले २१५६ मत ल्याएका छन् ।
उपप्रमुखमा पनि एमाले उम्मेदवार गोमा आचार्यले ११७२ मतको अग्रता कायम गरेकी छिन् । आचार्यले २७४३ मत पाएकी छन् भने संयुक्त प्यानलका माओवादी उम्मेदवार जगत बहादुर पोख्रेलले १५७१ मत पाएका छन् ।
यो नतिजा हेर्दा कांग्रेस र माओवादीको तालमेल त्यति उपलब्धी मूलक देखिदैन । किनकी माओवादीका मतदाताले कांग्रेसका उम्मेदवारलाई मतदान गरेपनि कांग्रेसका मतदाताले माओवादी उम्मेदवारलाई मतदान नगरेको देखिन्छ । यसअघि भरतपुर महानगरपालिकामा पनि त्यस्तै भएको थियो ।
१९ वटा वडा रहेको बुटबलमा अहिलेसम्म वडा नम्बर १ र २ को नतिजा आइसकेको छ । जहाँ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने अहिले ३ नम्बर वडाको मतगणना भइरहेको छ । त्यहाँ ४९ हजार ८०० मत खसेको थियो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी