१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मूख्य चुनौति भएको बताएका छन् ।
नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीले अध्याँरो युग बिस्थापित गरेका छौं, आर्थिक बृद्धिदर उत्साहवद्र्धक छ, विकास आयोजनाहरुमा तिब्र प्रगति हुँदैछ, ठूला योजनाहरु निर्माणले गति लिएको छ, आर्थिक परिसूचकहरु सकारात्मक छन् । तर, पनि व्यापार घाटाको स्थिति सन्तोषजनक छैन ।
अबको चुनौति बढ्दो व्यापार घाटा नियन्त्रण गर्नु रहेको र यसमा राज्यले नै गम्भीर रुपमा ध्यान दिनुपर्ने प्रचण्डको भनाई थियो । नेपाल पशुपालन र पशुपंक्षी उत्पादनमा आत्मनिर्भर बन्दै गएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।
‘नेपाल पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ । कृषि र पशुपालनको क्षेत्रमा हामी पुरै आत्मनिर्भर बन्न सक्छौं । तर, हामीले यो क्षेत्रलाई अझै फोकस गर्न सकेका छैनौं । राज्यले गरेको लगानीको राम्रो प्रतिफल आउने क्षेत्र यही हो, प्रधानमन्त्रीले भने ।
नेपाल पशु चिकित्सा परिषदमा मन्त्री परिषदको जेठ ८ गतेको बैठकले नियुक्त गरेका पदाधिकारीहरुलाई सपथ गराइएको थियो । सपथ लिनेहरुमा अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा स्वयप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायण प्रसाद घिमिरे रहेका छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको