प्रचण्ड : वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएको छ

१० कात्तिक, पोखरा : पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  प्रचण्डले(नेकपा माओवादी केन्द्रका अध्यक्ष) अाफूले पहिले कांग्रेसँगै गठबन्धन गरेर गुन लगाएको र अहिले वाम गठबन्धन गरी कांग्रेसलार्इ गुन लगाएको बताएका हुन् ।

Prachandaपार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको प्रचण्डले बताए ।

गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए ।

‘कांग्रेसलार्इ गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत अाउनुभएको छ। प्रचण्डले कार्यकर्ताहरुलाई गठबन्धनबाट उत्साहित भएर रिल्याक्स गर्नुको साटो उम्मेदवारहरूलार्इ जिताउन इमान्दार भएर लाग्न अनुरोध गरेका छन् ।

सोही कार्यक्रममा प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै अाजै टुंगो लगाइने बताए । सिट बाँडफाँटका क्रममा ६०/४० भन्दा केही तलमाथि पनि हुनसक्ने भन्दै प्रचण्डले कार्यकर्ताहरूलार्इ चित्त बुझाउन अाग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको