२२ असोज, काठमाडौं : नेपाल र भारतबीच गठित प्रबुद्ध समूह (ईपीजी)को बैठक सम्पन्न भएको छ ।
काठमाडौंमा शनिबार र आइतबार भएको पाँचौं बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुई देशबीच गरिएका सन्धि–सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भएको थियो ।
यद्यपि, कुनै विषयमा पनि ठोस सहमति भने बनिनसकेको नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले बताए । बैठकमा भारतीय पक्षले सीमा नियमन ब्यवस्थित गर्न चेक प्वाइन्टहरुमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकमा सुरक्षा, जलस्रोत, द्विपक्षीय जनजीवनका बारेमा प्रशस्त छलफल भएको डा. थापाले जानकारी दिए । नेपाली पक्षले निकै जोड दिएको सन् १९५० को मैत्री सन्धि पुनरावलोकनका विषयमा भने यस पटक खासै धेरै छलफल भएन ।
अर्को बैठक आगामी नोभेम्वरको ११ र १२ मा भारतको नयाँ दिल्लीमा गर्ने निर्णय गरिएको छ । बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई थिए भने भगतसिंह कोसियारीको नेतृत्वमा रहेको भारतीय पक्षको अरु सदस्यमा डा. बिसी उप्रेती र महेन्द्र पी लामा थिए ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको