January 12, 2020

नेपाल भ्रमण वर्ष : खोइ पर्यटक बसपार्क ?

सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन्।

काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन्। विगत वर्षहरुमा जमलस्थित कान्तिपथ सडकबाट पर्यटक ओसार्ने गरे पनि गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेपछि शुरु भएको गृह प्रशासन सुधार योजनाअनुरुप गत वर्षको असार १६ गतेसोह्रखुट्टे सडकमा अस्थायी बसपार्कका रुपमा व्यवस्था गरेको थियो।

काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो। सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन्। टुरिस्ट बस एसोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन्। ‘सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्छ तर पर्यटकीय सवारीसाधन सडकबाट गुड्नुपर्ने बाध्यता छ,’ उनि भन्छन्।

विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको उनको भनाइ छ। कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष लोहनी बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि २०७५ चैत २१ देखि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो। उक्त कार्ययोजनामा जेब्राक्रसिङ निर्माण, फुटपाथ व्यवस्थापन, करिडोर निर्माण, सडक विस्तारलगायत रहेका थिए। ट्राफिक प्रहरीको योजनामा समेत पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बनाउने कुरा उल्लेख नगर्दा सडकबाट सवारीसाधन गुड्न बाध्य छन्।

टिवानका महासचिव कृष्ण आचार्य पर्यटक बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायमा छलफल चलाइरहेको बताउँछन्। ‘सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न सकेको छैन्,’ उनि भन्छन्। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको उनको भनाइ थियो। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको बताउँछन्। ’पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक छ,’ उनि भन्छन्।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन्। व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको