२८ कात्तिक,काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले पहिलो चरणको निर्वाचन हुने स्थानमा मंसिर ७ गतेभित्र सबै सामाग्री पुर्याइसक्ने जानकारी दिए । आयोगले मतदानका लागि प्रयोग हुने स्वस्तीक छाप, मसि, कलम, मतपेटिका, कपडाका साथै निर्वाचन शिक्षाका लागि प्रयोग गरिने बिभिन्न प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री पनि जिल्ला पुराईसेकेको र केहि बाकि रहेका जिल्लामा आगामी मंसिर सात भित्रै पुराउने योजना रहेको प्रवक्ता ढकालले बताए ।
त्यस्तै उनले निर्वाचनका लागि कर्मचारी पठाउने कार्यलाई पनि आयोगले अन्तिम रुप दिएको भन्दै कार्तिक ३० गतेदेखि नै कर्मचारी सदरमुकामबाट हिँड्ने जानकारी दिए । उनले दोश्रो चरणको निर्वाचनको हकमा मतपत्र छाप्ने कार्य पनि जारी रहेको भन्दै मतपत्र सामाग्रीहरु ढुवानी भईरहेको बताए । मंसिर १० गतेभित्रै दोश्रो चरणको निर्वाचन हुने स्थानमा सामाग्री पुराउने आयोगले जनाएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको