देश बनाउन होइन, छोरी जिताउन तालमेल : ओली

Kp-Oli-1024x551२३ बेैशाख , एमाले काठमाडौंले शुक्रबार आयोजना गरेको काठमाडौं महानगर र नगरका उम्मेदवार परिचय कार्यक्रममा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर र पोखरामा भएको चुनावी तालमेललाई संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिले कतिपयले सूर्य र गाईको मिलाप कसरी भयो भन्ने प्रश्न उठाएका छन्,’ ओलीले भने, ‘हाम्रो तालमेल राजनीतिक हो, नेताको छोरी जिताउन मरिहत्ते गर्दै गरिएको तालमेल होइन, सबै भ्रम चिर्दै महानगर र देश बनाउन हो ।’ उनले राणा शासन उहिल्यै सकिए पनि प्रचण्डले छोरीलाई राजनीतिमा स्थापित गर्न गरेको तालमेलले जहानियाँ शासन अझै सकिएको रहेनछ भन्ने पुष्टि भएको आरोपसमेत लगाए ।

अरू पार्टीलाई भोट दिनुभन्दा घरमा सुत्नुहोस् ओलीले देश बनाउने योजना एमालेबाहेक अरू पार्टीसँग नभएको भन्दै एमालेबाहेकका पार्टीलाई भोट हाल्नुभन्दा घरमा सुत्नु ठीक हुने तर्क गरे । ‘एमालेबाहेक पार्टीलाई भोट हाल्नुभन्दा घरमा आनन्दले सुत्नुहोस्,’ ओलीले भने, ‘म तपाईंहरूलाई घरमा सुत्नुहोस् पनि भन्दिनँ, भोट हाल्नुहोस्, मतदान गर्ने संवैधानिक अधिकार प्रयोग गर्नुस् ।’

महिलाका मामिलामा प्रतिस्पर्धा गर्न नखोज्दा हुन्छ
ओलीले कांग्रेस–माओवादी नेताले छोरी उम्मेदवार बनाएर महिला उम्मेदवार भन्दै झुटो प्रचार गरेको पनि आरोप लगाए । ‘अहिले उहाँहरूले छोरी उम्मेदवार बनाएर महिला उम्मेदवार भन्नुभएको छ, तर विषालु सर्पले ठुङे जसरी इतिहासकै पहिलो महिला प्रधानन्यायाधीशमाथि हमला गर्नुहुन्छ,’ उनले भने, ‘महिला सशक्तीकरण र सामाजिक न्यायका लागि एमालेजति अरू कुनै पनि पार्टी लडेको छैन, प्रतिस्पर्धा गर्न नखोज्दा हुन्छ ।’

एमाले अँध्यारोमा बलेको सय वाटको चिम
ओलीले एमालेसँग अहिले काठमाडौं महानगरपालिकामा मात्र नभई देशभरि नै कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे । ‘एमालेको अरू पार्टीसँग तुलना नै हुन सक्दैन,’ उनले भने, ‘एमाले चुनावी मैदानमा ओर्लेपछि अन्य पार्टीका तुलनामा अँध्यारोमा सय वाटको चिम बालेजस्तो हुन्छ ।’

बार एसोसिएसनले धज्जी उडायो
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउँदासमेत केही नबोलेर नेपाल बार एसोसिएसनले गल्ती गरेको आरोप लगाए । ‘बार चार प्रकारका हुन्छन् । पहिलो बार एसोसिएसन, दोस्रो साँझतिर रमाइलो गर्न जाने बार, तेस्रो खेतबारीमा लगाउने बार, अनि चौथो आइतबार, सोमबार,’ ओलीले भने, ‘अरू बारले केही नोक्सान गर्दैन, तर कानुन पढेर प्रमाणपत्र लिएको बारले स्वतन्त्र न्यायपालिकाको धज्जी उडायो, सर्टिफिकेट दिने क्याम्पसलाई सोध्नुपर्ने भो, महाअभियोगबारे बारका पदाधिकारी मुखमा सुपरग्लु, टेप र ताला लगाएर बसेको देख्दा उदेक लाग्यो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ