May 3, 2017

देश जुट्यो निर्वाचनको उत्सवमा : काठमाडौंमा मेयरका २८ प्रत्याशी, प्रतिस्पर्धामा ८१ वर्षीय वृद्ध पनि

बैशाख २०, काठमाडौं – संविधान कार्यान्वयनको पहिलो खुट्किलो मानिएको स्थानीय तहको निर्वाचन औपचारिक रूपमा सुरु भएको छ । २० वर्षपछि हुन लागेको निर्वाचनबाट जनताले स्थानीय तहमा आफ्ना प्रतिनिधि पाउनेछन् ।  आजको नयाँ पत्रिकामा खबर छ ।

पहिलो चरणमा ३१ वैशाखमा हुने निर्वाचनबाट ३४ जिल्लाका २८३ स्थानीय तहका लागि १३ हजार ५५६

जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । चार महानगरपालिका, एक उपमहानगर, ९२ नगरपालिका र १८६

गाउँपालिकामा निर्वाचन हुन लागेको हो । महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार

९१ र गाउँपालिकाका एक हजार ३६५ गरी जम्मा दुई हजार ५९८ वडाबाट वडाध्यक्ष निर्वाचित हुनेछन् ।

त्यसैगरी, २५ सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार तीन सय ९२ वडा सदस्य निर्वाचित

हुनेछन् । ती सदस्यमध्ये २५ सय ९८ महिला र त्यति नै दलित महिला गरी ५१ सय ९६ वडा सदस्य महिला

जनप्रतिनिधि निर्वाचित हुनेछन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने

निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार ती स्थानीय तहमा ६

हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले राष्ट्रिय पर्यवेक्षकहरूलाई जिम्मा दिएको छ ।

पर्यवेक्षणका लागि ४१ वटा संस्थाका ४७ हजार ६ सय ६६ पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति

दिएको छ । साथै, आयोगले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको विवरण संकलन गर्न

परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

 काठमाडौंमा मेयरका २८ प्रत्याशी

काठमाडौं महानगरमा मेयरमा २८ र उपमेयरमा १३ तथा ललितपुरको मेयरमा १७ र उपमेयरमा १२

उम्मेदवार

 मनाङ र डोल्पामा निर्विरोध पनि

मनाङको नारफुमा गाउँपालिकामा कांग्रेसका मिङमाछिरिङ लामा र डोल्पाको जगदुल्ला गाउँपालिका

अध्यक्षमा एमालेका दल महतारा निर्विरोध निर्वाचित ।

 प्रतिस्पर्धामा ८१ वर्षीय वृद्ध

लमजुङको बेसीसहर नगरपालिकाको मेयरमा ८१ वर्षीय चोपबहादुर बुढाथोकीको उम्मेदवारी

निर्वाचन कार्यक्रम मिति

उम्मेदवार मनोनयन १९ वैशाख

उम्मेदवारको नामावली प्रकाशन गर्ने १९ वैशाख

उम्मेदवारको विरोधमा उजुरी २० वैशाख

मनोनयन जाँच गर्ने २० र २१ वैशाख

मनोनयन भएको उम्मेदवारले नामावली प्रकाशन २१ वैशाख

उम्मेदवारले नाम फिर्ता लिने २१ वैशाख

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २२ वैशाख

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने २२ गते

मतदान गर्ने ३१ गते

शान्तिपूर्ण रूपमा मनोनयन दर्ता

निर्वाचन आयोगले २८३ स्थानीय तहमा मंगलबार उम्मेदवारी मनोनयनपत्र दर्ता कार्य शान्तिपूर्ण तथा

उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद

यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन् ।

यादवले काठमाडौं र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन

प्रक्रियाको अवलोकन गरेका थिए ।

आयुक्त इला शर्माले ललितपुर, आयुक्त नरेन्द्र दाहालले भक्तपुरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन

अधिकृतका कार्यालयहरूको अवलोकन गरेका थिए । यसैगरी, आयुक्त ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार

शाहले मुस्ताङ तथा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्षको

उपस्थितिमा ती जिल्लाको शान्तिसुरक्षा तथा निर्वाचनबारे छलफल गरेका थिए । आयोगका सचिव

गोपीनाथ मैनालीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा भएको उम्मेदवारी मनोनयनको अवलोकन

गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको