दुर्घटनामा परी ३ जनाको मृत्यु , २९ जना घाइते !

गोरूसिंगे जंगलमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

मृतक मध्ये दुई जना दाङको गढवा गाउँपालिका छन्। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एवम् डिएसपी पुष्पराज शाहीका अनुसार दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ४ निवासी  २५ वर्षीया पूजा सुनार र सोही गाउँपालिका वडा नं. ६ निवासी ४ वर्षीय सुशान्त सुनारको उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा परि एक जना  अन्दाजी ४०/४५ वर्षका  पुरूषको पनि मृत्यु भएको छ। तर उनको सनाखद हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता शाहीले जानकारी दिए ।

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नं. को बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  लु २ ख १४७७ नं. टिपरसँग सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.–२ गोरुसिंगेको जंगलमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

घाइते मध्ये ४ वर्षीय बालकको दिउँसो ४ बजेतिर कपिलबस्तुमा र अन्य दुई जनाको त्यसको एक घन्टाको अन्तरमा लुम्विनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता शाहीले बताए । 

दुर्घटनामा परि थप २९ जना घाइते भएको नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ। त्यसमध्ये दश जनाको अवस्था गम्भीर रहेको, १२ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका तीन जना यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको बुटवलका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ