डा.बाबुरामको गृहनगरका मेयरका उम्मेदवारको दावी- ‘स्मार्ट पालुङटार’ बनाउँछु

Baburam-at-Gorkha-in-Local-Election

पालुङ्टार, २६ वैशाख । यहि वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा हुन लागेको पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र रुपमा भइरहँदा यतिबेला गोर्खा जिल्लाको चुनावी चर्चा पनि चुलिंदै गएको छ । यो चर्चा यसकारण पनि हुँदैछ कि गोर्खा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको गृह जिल्ला हो । यसर्थ, गोर्खाको चर्चा अन्यत्रको तुलनामा बढी नै हुने गरेको छ । अझ डा. भट्टराईकै गृहनगर पालुङटार नगरपालिकामा यो निर्वाचनले थप चर्चा बटुलेको छ ।

पालुङटार नगरपालिकामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले अशोक देवकोटालाई मेयर पदमा उम्मेद्वार बनाएको छ । देवकोटालगायतको टोली चुनाव प्रचारप्रसारको क्रममा नगरका टोलटोलमा पुगेका छ ।

निर्वाचन प्रचारप्रसारमा व्यस्त रहेका मेयरका प्रत्यासी देवकोटा अहिलेसम्मको गतिविधि र जनलहरबाट आफू उत्साहित भएको बताउँछन् । आफू पनि अहोरात्र खटिरहेको बताउँदै आफू मेयरमा निर्वाचित भएपछि पालुङटार नगरपालिकालाई पाँच वर्षभित्र स्मार्ट नगरपालिकाको रुपमा विकास गर्ने योजना सुनाए ।

देवकोटाले नयाँ शक्तिले निर्वाचन जितेपछि प्रत्येक साता एकपटक प्रत्येक वडामा पुग्ने र जनताको समस्या सुन्ने, आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त पनि गरेका छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गोर्खाबाट निर्वाचित भएदेखि नै प्रत्येक महिना जनताको घरमा जाने कार्यक्रम बनाएका थिए ।

उनले त्यो बाचा प्रत्येक महिना गोर्खा गएर पूरा गरिरहेका छन् । हाल गोर्खामा नयाँ शक्ति पार्टीको पक्षमा त्यहाँका जनता र मतदाताहरुको उभार नै आएको छ । नयाँ शक्ति पार्टीप्रति उभार आएसँगै माओवादी केन्द्रबाट जनतालाई झुक्याउन अनेक भ्रम फैलाउने, बाबुराम भट्टराईको चुनाव चिन्ह हँसिया हथौडा नै हो भन्नेजस्ता गलत प्रचार गर्ने काम भइरहको देवकोटाले दावी गरे ।

यसअघि गोर्खा नगरपालिकाको वडा नं. ९ लक्ष्मी बजारमा चुनाव प्रचारकै क्रममा नयाँ शक्ति पार्टीका कार्यकर्ताहरुलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले बीच बाटोमा गाडी रोकेर तोडफोड र आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।

अरुको दुष्प्रचारमा भन्दा आफ्नै पहलमा विश्वास गर्नुपर्ने उम्मेदवार देवकोटाको मत छ । ‘राजनीतिमा सामान्य नैतिकताको समेत ख्याल नगरी नयाँ शक्ति पार्टीप्रति भ्रम फैलाउने जुन काम भएको छ, त्यसलाई समेत चिरेर अगाडि बढ्ने र नयाँ शक्तिको सम्पूर्ण टिमले पालुङटार नगरपालिकामा निर्वाचन जितिने पक्का छ’ देवकोटाले विश्वास व्यक्त गरे ।

स्थानीय नेता कार्यकर्ताको हौसला बढाउ अहिले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई विगत केही दिनेदेखि चुनाव प्रचारप्रसारकै क्रममा आफ्नो गृह जिल्ला गोर्खामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ