बुल, २८ माघ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा उनीहरुले समसामयिक विषयमा कुराकानी गरेको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ ।
आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ ।
दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गरेका थिए ।
‘उनीहरुले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गरेका छन्,’ वक्तव्यमा भनिएको छ ।
अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न निकै गाह्रो भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा बताएका थिए ।
काबुल र बासिङ्गटनको राणनीतिक संवन्धका बारेमा उनीहरुले छलफल गरेको वक्तव्यमा उल्लेख छ ।
कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाडै नै भेट्न चाहेको बताएका थियो । रासस/सिन्ह्वा
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको