२७ साउन,स्याङ्जा – मालुंगामा आज अपराह्न ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नंको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा परी स्याङ्जा, वालिङ नगरपालिका–१४ घर भई कपिलवस्तु वाणगंगा–२ बस्ने अन्दाजी ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापाको मृत्यु भएको हो ।
घाइते चालक मकवानपुर दामन पालुङ–५ बस्ने ५१ वर्षीय भुवन कार्की, स्याङ्जा वालिङ–९ बस्ने ६६ वर्षीय भोजप्रसाद तिवारी र वालिङ–१४ घर भई हाल कपिलवस्तु वाणगंगा–२ बस्ने ५३ वर्षीय कोशबहादुर थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
ट्रक सिद्धार्थ राजमार्गबाट आज अपराह्न १ः४५ बजेतिर झण्डै १५० मि तल खसेको हो । रासस
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ