जोए हार्ट टोरिनो जाने

City-goalkeeper-Joe-Hart१४ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर जोए हार्ट लोनमा इटालियन क्लब टोरिनो जाने भएका छन् ।

द फुटबल एशोसिएसनले उनलाई इंग्ल्याण्डको क्याम्प छाड्न अनुमथि दिएको छ र उनी मेडिकलका लागि इटली जाने छन् । उनी विश्वकप छनौट अन्तरगत स्लनेभाकियाविरुद्धको खेलका लागि भने पुनः इंग्ल्याण्डको टोलीमा र्फकनेछन् ।

२९ वर्षे हार्ट लामो समयदेखि म्यानचेष्टर सिटीका पहिलो रोजाइका गोलकिपर थिए । तर, नयाँ प्रशिक्षक पेपे ग्वार्डिओलाले उनलाई क्लब छाड्न स्वतन्त्र रहेको बताए । साथै बार्सिलोनाका गोलकिपर ब्राभोलाई भित्र्याएका छन् ।

 

photo

NOC1-250x300