१४, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ नाम अनुसारकै लफडा झेलिरहेको छ । फिल्मको अरु पक्षमा कसैले औंला ठड्याएको छैन । यद्यपि गीतमा भने ‘झेल’ गरेको चर्चा छ । विगतमै चलेको गीत ‘नाइलनको साडीमा’लाई नवीकरण गरेर आफ्नो नाममा पेश गरेपछि दीपकराज गिरी विवादमा तानिएका थिए । यो विवाद किन पनि चर्को र पीरो बन्यो भने, अघिल्लो बर्ष ‘छक्का पञ्जा’को पाइरेसी भएको भन्दै उनै गिरीले केही युवामाथि उजुरी गरेका थिए ।
पाइरेसी विरुद्ध उपदेश दिने गिरी स्वयंलाई ‘पाइरेसी’को तक्मा भिराइयो । यो सिलसिला यतिमै टुंगिएको छैन ।केहीरंग पत्रकारले छक्का पञ्जाको गीतमाथि तीखो टिप्पणी गरिरहेका छन् । यसो भन्दै, ‘बक्स अफिसमा छक्का पञ्जा-२ ले रेकर्ड तोड्ला/नतोड्ला, गीत विवादित (चोर्ने) प्रतिस्पर्धामा चाँहि रेकर्ड राख्ने नै भयो ।’
पहिलो गीतको विवाद मत्थर भएपछि त्यही फिल्मको दोस्रो गीत छायांकन गरियो, ‘म त यता किनारामा ।’ जसै यो गीत सार्वजनिक भयो, त्यसमाथि पनि लफडा आइलाग्यो । यो गीतको लय मिलेको भन्दै फेरि छक्का पञ्जा-२ लाई उडाउन थालिएको छ ।
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
असार २०,काठमाडौँ । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले