चक्रपथ चौडा पार्ने काममा तीव्रता

१२ भदौ, काठमाडौं – सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

Ring-Road-Kathmandu-1238597

उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ (धर्का तान्ने), बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ ।

यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्ने जनाइएको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शुरुमा महाराजगञ्जदेखि कलंकी क्षेत्रमा सडक चौडा पार्ने र त्यसपछि अन्य ठाउँमा काम गर्ने जानकारी दिए ।

“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि यो कामले सहयोग पुग्नेछ”, खनालले भन्नुभयो । सडकलाई व्यवस्थित गर्ने कार्यमा विभाग, काठमाडौँ महानगरपालिका र महाशाखाका कर्मचारी खटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको