November 11, 2017

घोषणापत्रबिना मत माग्दै मधेसी नेता

काठमाडौँ, २५ कात्तिक – दुई चरणमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मधेसवादी दलका नेताहरू तीव्र गतिमा चुनाव प्रचारप्रसार लागे पनि उनीहरूका हातमा चुनावी घोषणापत्र भने देखिएको छैन ।

प्रमुख ठूला दलका नेताहरू मतदाताको घरदैलोमा जाँदा घोषणापत्र साथमा लिएर गइरहेका छन् तर मधेसवादी दलका नेताहरू खाली हात आश्वासन बाँड्दै मतदातासमक्ष जान्छन् । नेपाली काँग्रेस, वाम गठबन्धन, नयाँ शक्ति, दुवै राप्रपा र विवेकशील साझा पार्टी पनि आ–आफ्ना चुनावी घोषणापत्र तथा प्रतिबद्धतापत्रसहित मतदाताको घरदैलोमा पुगे पनि मधेसवादी दलहरूको घोषणापत्र मतदाताले पढ्न पाएका छैनन् ।

प्रदेश–२ का लागि चुनावी तालमेल गरेका सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू हालसम्म जनताको घरदैलोमा बिना घोषणापत्र गइरहेका छन् । सिरहा–४ मा चुनावी प्रचार प्रसारमा रहेका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘घोषणापत्रको के भयो मैले पनि बुझ्न सकेको छैन, घोषणापत्र तयारी गर्ने कुरा थियो, त्यसको बारेमा छलफल पनि भएको हो तर अझै टुङ्गो लागेको छैन अब चाँडै ल्याउने प्रयास हुनेछ ।’

चुनावी घोषणापत्र छैन, के भनेर जनतासँग मत मागिरहनुभएको छ त ? भन्ने जिज्ञासामा उनले घोषणापत्र भनेको लिखित दस्तावेज हो भन्दै त्यही कुरालाई मौखिक रूपमा भनिरहेको प्रतिक्रिया दिए । संविधान संशोधनलगायत मधेसका समाजिक विषयवस्तु, आर्थिक मुद्दा र विकासका मुद्दा मतदातासमक्ष राख्ने गरेको बताउँदै उनले चाँडै नै मतदाता समक्ष लिखित घोषणापत्र लिएर जाने प्रतिबद्धता जनाए ।

सर्लाही–२ मा चुनावी प्रचारमा लागेका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले घोषणापत्र तयार भइरहेको बताए तर त्यो घोषणापत्र कहिले आउँछ भन्ने चाहिँ बताउन सकेनन् । उनले भने, ‘घोषणापत्रविना चुनावमा कसरी जाने ?’ लिखित दस्ताबेजको रूपमा जनतालाई देखाउनै पर्‍यो, लिखित भयो भने एउटा विश्वासको वतावरण तयार हुन्छ । ’

काठमाडौंमा रहेका पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले घोषणापत्रसम्बन्धमा अन्योल रहेको जनाए । उनले भने, ‘घोषणापत्र लिएर चुनावमा जानुपर्ने हो तर हालसम्म त्यो तयार भएको छैन, कहाँ कसले तयार गरिरहेका छन् मलाई केही पनि जानकारी छैन ।’ राजपा नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् ।

यी दुईटै दलको संयुक्त घोषणापत्र आउने कुराकानी भएकोमा हालसम्म त्यसको टुङ्गो नलागेको झाले बताए । तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रूपमा घोषणापत्र तयार गर्ने त्यस्तो कुनै कुराकानी नभएको बताउँदै आफ्नो दलले भने घोषणापत्र तयार गरिसकेको र एकदुई दिनमा जारी हुने बताउनुभयो । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको