तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो ।
यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा यतिबेला २८ प्रजातिका गुराँस फुलेर यहाँका वन ढकमक्क भएका छन् । फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो ।
गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने नियम लागू गरेपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने प्रजिअ तामाङको भनाइ छ । जिल्ला वन कार्यालयले पनि गुराँस नटिप्न र नकाट्न भन्दै चेतनामूलक जानकारी गराइरहेको छ । जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत चेतनामूलक जानकारी दिइरहेको सहायक जिल्ला वन अधिकृत धर्मी यादवले बताउनुभयो ।
नयाँ वर्ष सुरु भएसँगै यहाँ गुराँस हेर्न आउने पर्यटकको समेत भीड लाग्न थालेको छ । अहिले दैनिकजसो सयौँको सङ्ख्यामा बाह्य तथा हजारौँ आन्तरिक पर्यटक आउने गरेको सो क्षेत्रका प्रहरी चौकीले जनाएका छन् ।
यहाँका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भएपछि घुम्न आउनेको सङ्ख्या बढेको हो । यस क्षेत्रको वसन्तपुर बजार हुँदै टुटेदेउराली, आरआर गार्डेन, घुर्मिसे, तीनजुरे पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, लामपोखरी, चौकी, मङ्गलबारे, गुफा, सुकेबजारलगायत क्षेत्रसम्म दैनिकजसो गुराँस हेर्न आउनेको भीड लाग्न थालेको छ । विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र जेठमा फुलिरहेकै हुन्छ । पछिल्लो समयमा मौसममा आइरहेको परिवर्तनका कारण गुराँस फुल्ने समयमा फेरबदल आउन थालेको स्थानीय बासिन्दा बताउँछन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको