जनकपुर, २१ भदौ– उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले निर्वाचन आचार संहिता विपरित चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको छ ।
गच्छदारको पार्टीले निर्वाचन आचार संहिताको व्यापक उल्लंघन गर्दै बुधवार जनकपुरमा पार्टीको चुनाव चिह्नअंकित टिसर्ट लगाएर बालबालिकालाई र्यालीमा उतारेको हो ।
जनकपुर उपमहानगरपालिमा उम्मेदवारी मनोनयनका क्रममा गच्छदारको पार्टीले बालबालिकालाई चुनाव चिन्ह अंकित टिसर्ट लगाएर र्यालीमा सहभागि गराएको थियो ।
दुई हातले नमस्कार गरेको चुनाव चिह्न लगाएका १६ वर्ष भन्दा मुनिका बालबालिका पार्टीको झण्डा लिएर नारा लगाउँदै अग्रपंक्तिमा हिँडेका थिए ।
चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरितको कार्य हो । यसअघि जनकपुरमा भएको कार्यक्रममा चुनाव चिह्नअंकित टोपी लगाएको भन्दै निर्वाचन आयोगले एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको