सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।
त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश नं ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।
हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ८७ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल रेड जोनमा भने २९० जना रहेका छन् । शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो । गत चैत ४ गते दुबईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
यस्तै धौलागिरि अस्पतालले शुक्रबार साँझ नै एक कोरोना सङ्क्रमित युवतीलाई घर पठाइएको थियो भने भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि घर पठाउने तयारी गरिएको छ । हालसम्म देशभर कूल ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १२ निको भएर घर फर्किसकेका छन् । हाल धनगढीमा एक, वीरगञ्जमा पाँच भरतपुरमा एक विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
सो अवसरमा गर्मी बढ्दै गएको अवस्थामा औलो रोगको जोखिम बढ्न जाने अवस्था रहेकाले त्यसबाट पनि सुरक्षित रहनसमेत मन्त्रालयले आम जनसमुदायमा आग्रह गरेको छ । आज संसारभर नै विश्व औलो दिवस मनाइएको छ । यस वर्षको औलो दिवसको नारा ‘आफैँबाट शुरु गरौँ, औलोलाई शुन्य बनाऔँ’ रहेको छ । संसारभर नै प्रतिदुई मिनेटमा औलाका कारण एक जनाको ज्यान जाने गरेको छ । लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले घर वरपर विशेष स्वास्थ्य सफाइ गर्नसमेत सो अवसरमा प्रवक्ता डा देवकोटाले आग्रह गरे ।
नेपालले सन् २०२५ सम्म औलो पूर्णरुपमा उन्मूलन गर्ने लक्ष्य राखेको उनको भनाइ छ । “गर्मी याम शुरु भएकाले क्वारेन्टाइनमा रहेकाकोसमेत औलोको परीक्षण गरिएको छ, औलोको जोखिमबाट आफू पनि बचाँै र अरुलाई पनि बचाऔँ”, प्रवक्ता डा देवकोटाले भने। औलोबाट विशेष गरी गर्भवती महिला र बच्चालाई जोगाउनुपर्ने जानकारी दिँदै उनले कोभिड– १९ बाट जोगिँदै गर्दा औलोको पनि जोखिम बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गरे ।
पत्रकार सम्मेलनमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले लकडाउनको समयमा घरमै रहँदा गर्भवती महिलाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले स्यानिटाइजर तथा हात साबुन पानीले हात धुन, सकभर भिडभाडमा नजान, चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नसमेत आग्रह गरे ।
उनले ठूलो समस्या नपरी अस्पताल नजान आग्रह गर्दै ज्वरो आए, प्रेसर बढ्यो शरीर सुन्निएको अवस्थामा भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आउनसमेत आग्रह गरे । गर्भवती महिलालाई केन्द्रित गरेर नै अस्पतालले सेवा दिएको उल्लेख गर्दै उनले कोभिड– १९ भएका गर्भवती महिलालाई समेत आवश्यक सेवा दिने गरी श्यया तयार गरिएको र चिकित्सकको समेत व्यवस्था गरिएको जानकारी दिए ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको