काठमाडौं । राजधानी काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान बेलुकी कर्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नु परेको छ । ६ लेनको सडकखण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन् ।
ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५९ जना ट्राफिक प्रहरी खटाएको छ । तापनि जाम भने जस्ताको त्यस्तै रहेको सवारीचालकदेखि सर्वसाधारणसम्म बताउँछन् ।
जामको मुख्य कारण कोटेश्वर धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारी हुन् । बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वर रुट परमिट दिइएको छ । महाशाखाका अनुसार, ४० रुटका सवारीसधान कोटेश्वर रुट भएर चल्छन् । तर, कोटेश्वरमा पार्किङ वा बसपार्क छैन । लामो दूरीका सवारीधासन समेत सबैले सडकमै पार्किङ गर्छन् ।
पछिल्लो समय कोटेश्वरमा सवारी चाप पहिलेभन्दा दोब्बर भएको छ । काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगा हो । तथ्यांक हेर्दा पछिल्लो समय नागढुंगाभन्दा कोटेश्वरमा भित्रिने र बाहिरिने सवारी साधनको संख्या दोब्बरजस्तै बढेको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको