काठमाडौं १९ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काठमाडौं महानगरपालिका बाट मेयरको रुपमा विद्यासुन्दर शाक्यलाई मनोनयन गराएपछी पुर्व मेयर केशव स्थापितको फेरी पनि मेयर बन्ने सपना तुहियको छ । आगामी वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले आज तोकेको मनोनयन दर्तामा एमालेले विद्यासुन्दर शाक्यलाई मेयर पदमा अगाडी सारेको छ ।
निर्वाचन घोषणा भएलगत्तै केशव स्थापित सामाजिक संजाल र मिडियाहरुमा आफुलाई एमालेले फेरी पनि मेयरको लागी उठाउने दावी गर्दै आएका थिए । जनमानसमा पनि उम्मेदवार स्थापित नै बन्ने भन्ने आकलन थियो । पुर्व मेयर भैसकेका स्थापितले फेरी पनि मेयर बन्दा केके गर्ने हुन् भन्ने उत्सुकता पनि जनतामाझ व्याप्त थियो । विभिन्न मिडियाहरुमा उनले आफु मेयर बनिसकेपछी गर्ने कामहरुको योजना सुनाइसकेका पनि थिए तर एमालेले शाक्यलाई उम्मेदवार छनोट गरेपछि उनको सपना सपनामै सिमित रहेको छ ।
प्रदेशबाट उनको नाम नाआएपनि सोमबार उम्मेदवार छनोट कार्यक्रममा एमालेका नेता शंकर पोखरेलले उनलाई मेयरको रुपमा अगाडी सारेका थिए जसलाई नेता वामदेव गौतमले स्वीकार समेत गरेका थिए ।
आफुलाई एमालेले मेयरको लागी उम्मेदवार नबनाएपनि अरु राजनीतिक दलाहरुबाट प्रस्ताव आएको र आफुले अस्विकार गरेको बताउदै स्थापितले आफ्नो अरुनै काम रहेको जनाएका छन् । तथापी शाक्य मेयरको लागी छनोट भएपछी सामाजिक संजालबाट भने स्थापितले बधाई ज्ञापन गर्दै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको