कार्कीले आरोपको सामना गर्ने ?

वैशाख १९, काठमाडौं – महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् ।

महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् । आजको कान्तिपुरमा खबर छ ।

‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ।’ कार्कीले भनिन् ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक-पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ ।’

कार्कीले आफूसँग माओवादी केन्द्रका नेता बर्षमान पुनले पटक-पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताईन् ।

 

photo

NOC1-250x300