साउन ६ – मोटरसाइकल ठोक्किदा शुक्रबार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बिर्तामोड-५, हर्चना बस्ने ३८ वर्षीय कृष्ण थापा छन् भने गम्भीर घाइते हुनेमा मोटरसाइकल पछाडि सवार २५ वर्षीय गोविन्द चौधरी छन् ।
बिर्तामोड-भद्रपुर सडकखण्ड अन्तरगत हर्चना चोकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा १६ च ४०८१ नम्बरको कारसँग ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर भएका दुवैलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा ल्याइएको थियो । घाइते मध्ये थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।
घाइते चौधरीको भने बिएण्डसीमै उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ