May 11, 2017

कस्तो छ बैंकमा चुनावको असर ?

बैशाख २८, काठमाडौं – २० वर्षमा हुन लागेको स्थानीय निर्वाचनको असर बैंक तथा वित्तीय संस्थाले झेल्नु परेको छैन । केन्द्रीय स्तरको चुनावमा चन्दा आतंकले सताउने बैंकर्सलाई स्थानीय तहको चुनावमा भने रकम दिनु परेको छैन । ‘कुनै पनि नेता तथा कार्यकर्ता चन्दा माग्न आएकै छैेनन् र हामीसँग चन्दा दिने रकम पनि हुँदैन’, नेपाल बैकर्स संघका अध्यक्ष अनिलकेसरी शाहले भन्नुभयो, ‘राष्ट्रिय स्तरको चुनाव नभएकाले होला ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘केन्द्रीय स्तरको चुनावमा चन्दा माग्नेको धुइरो हुन्थ्यो, पार्टी नै पिच्छेका अनुरोध, माग र दबाब आउँथे । संस्थागत

रूपमा चन्दा दिन कानुनी व्यवस्था नभए पनि व्यक्तिगत रूपमा चन्दा दिने प्रचलन थियो’, उहाँले भन्नुभयो, ‘१०

हजारदेखि माथि चन्दा दिने गरका थियौं ।’ बैंकहरूले चन्दा दिनु नपर्ने भएकाले समस्या भोग्नु नपरेको बंैकर्सहरूको

भनाइ छ । तीन दिनपछि हुन लागेको स्थानीय तहको चुनाव आधा नेपालमा मात्र भएको र केन्द्रीय तहको जस्तो बढी

खर्च नलाग्ने भएकाले पनि चन्दा माग्न उम्मेदवार तथा कुनै पनि राजनीतिक दल नआएको प्रभु बैंकका प्रमुख कार्यकारी

अधिकृत अशोक शेरचनले बताउनुभयो ।

‘सामान्य रूपमा भन्नुपर्दा बैंक तथा वित्तीय क्षेत्रमा चुनावी असर देखिएकै छैन भन्दा पनि हुन्छ’, उहाँले भन्नुभयो,

‘हाम्रो दैनिक कार्य अन्य समयको जस्तै सहज ढंगबाट चलिरहेको छ ।’ पछिल्लो समय ‘क्रेडिट क्रन्च’ भएपछि दैनिक

निक्षेप तथा कर्जा संकलनमा दुई÷तीन करोडको वृद्धिदर छ त्यहिअनुसार भइरहेको सानिमा बैंकका प्रमुख कार्यकारी

अधिकृत भुवनकुमार दाहालले बताउनुभयो । ‘सानिमा बैंकबाट चुनावकै कारणले उलेख्य रकम झिकिएको मेरो ध्यानमा

छैन’, उहाँले भन्नुभयो, ‘अवस्था सामान्य छ ।’

चुनावका कारण बैंकमा आउनेको संख्यामा भने केही कमी आएको बैंकर्सहरूले बताएका छन् । निक्षेप संकलन सामान्य

समयको जस्तै छ । तर, निक्षेप झिक्नेको संख्यामा भने केही बढोत्तरी आएको छ । दिनहँु निक्षेप बढी प्रवाह हुन

थालेको छ । सायद चुनावी खर्चका लागि रकम झिकिएको हुन सक्छ’, एक बैंकर्सले भन्नुभयो । चुनावका कारणले बैंक

तथा वित्तीय संस्थामा कुनै चहलपहल नबढे पनि चुनावपछि भने यसको प्रत्यक्ष असरपर्ने बैंकर्सले अनुमान गरेका छन् ।

चुनावपछि सरकार र राजनीतिक दलका उम्मेदवारबाट गरिएका खर्चले तरलता अभाव केही हदसम्म हल हुने संघका

अध्यक्ष शाह र उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताउनुभयो । चुनावमा भएको खर्चको असर अहिलेनै नदेखिए पनि

चुनावपछि भने बंैकिङ च्यानलमा पैसा आउँछ र हालको ‘क्रेडिट क्रन्च’ केही हदसम्म टर्ने उहाँहरूको भनाइ छ ।

‘चुनावपछि बैंकमा निक्षेप बढ्छ’, ढुंगानाले भन्नुभयो, ‘बढेको निक्षेपले कर्जा प्रवार्ह सहज बनाउँछ ।’ सरकारले स्थानीय

तहको निर्वाचनका लागि १७ अर्ब रुपैयाँ निकासा गरेको छ । राजनीतिक दलबाट अझ बढी खर्च हुने वा गर्ने गरेको

देखिएको छ ।

राजनीतिक विश्लेषकका अनुसार राजनीतिक दलका उम्मेदवार तथा सरकारबाट तथा निजी क्षेत्रबाट चुनावका लागि गर्ने

खर्च एक खर्ब पुग्ने अनुमान गरिएको छ । प्रचारप्रसारका लागि राजनीतिक दलका उम्मेदवारले कार्यकर्ता परिचालन,

मतदाता रिझाउने, इन्धन, सवारीसाधन, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिरहेका छन् ।

बैंकर्सले चुनावका लागि चन्दा आतंकले नपिरलेको बताए पनि उद्यमी व्यवसायीलाई भने चन्दा आतंकले सताएको छ ।

चुनाव खर्च जुटाउन राजनीतिक दलका कार्यकर्ता उद्यमी व्यवसायीको घरदैलोसम्म पुग्न थालेका छन् भने भोट बटुल्नका

लागि विभिन्न प्रयोजनका लागि आफ्नो टोलमा पैसा खर्च गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको