ओली : मुलुक निर्वाचनमय भइसकेको छ, कसैले रोक्न सक्दैन

५ कात्तिक, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन ।

KP-Oli-1-1आज रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा ओली निवास बालकोट पुगेको टोलीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भने, “निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भइसकेको छ ।”

“रिपोर्टर्स क्लब र एबिसी इन्द्रेणी सांस्कृतिक समूहले संयुक्तरुपमा सचेतना र खबरदारी अभियानका रुपमा देउसी मिसाएर कलात्मक र मनोरञ्जनात्मक अभियान चलाएकोमा उनले आभार पनि व्यक्त गरे ।

उनले तिहारको शुभकामना दिँदै आउँदै गरेको निर्वाचनमा भोट खेर नफाल्ने गरि मतदान गर्न सबैलाई आग्रहसमेत गरे । उनले भने, “तपार्इंहरुको मत बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न सदुपयोग होस्, मेरो यही शुभकामना छ ।”

 

photo

NOC1-250x300