इलाममा साना ठूला दलबाट गरी चारजना महिलाले वडा अध्यक्ष पदका उम्मेद्वारी पाएका छन् । अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले देऊमाई नगरपालिका वडा नं। ९ मा चन्द्रावती थापा, चुलाचुली गाउँपालिका ४ मा शुभमाया राईलाई उम्मेद्वार बनाएको छ ।
यस्तै माइनगरपालिका ७ मा राजकुमारी तामाङ्गलाई र नेकपा एमालेले इलाम नगरपालिका १ मा अम्बिका गौतमलाई अध्यक्षमा उम्मेद्वार बनाएका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख र सदस्य पदमा सिमित बनाइएको छ । एमालेले महिला सहभागिता ४०।६५ प्रतिशत गराएको भए पनि प्रमुख पदमा भने एकजनालाई मात्र उम्मेद्वारी दिएको छ ।
१० स्थानिय तह रहेको इलाममा नेकपा एमालेले १० वटै तहमा उम्मेद्वार छनौट सकेको छ । नेकपा माओवादी केन्द्रले चारवटा वडामा मात्र उम्मेद्वार चयन गर्न बाँकी रहेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेद्वार छनौट प्रकृया अन्तिम चरणमा पु¥याएका छन् । सबै दलले जेठ १८ गतेसम्ममा टुङ्गो लगाउने बताएका छन् ।
१७ दल दर्ता रहेको इलाममा वडाध्यक्षमा पार्टीबाट चारजना मात्र उम्मेद्वारी हुनु सन्तोषजनक नरहेको नेपाली कांग्रेसका सांसद सुजता परियारले बताउनुभयो । चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा एक सय ७२ जना महिला जनप्रतिनिधि छनौट हुनेछन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने