२७ जेठ, काठमाडौं । मधेसकेन्द्रित दलले लामो समयदेखि माग गर्दै आएको संविधान संशोधन पछि धकेलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने बताएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाको प्राथमिकतामा दोस्रो चरणको स्थानीय चुनाव पनि परेका छन् । निर्वाचन आयोगले दोस्रो चरण निर्वाचनलाई तीव्रता दिएको सामग्र पनि आजका पत्रपत्रिकाहरुमा छन् ।
गोरखापत्रले संविधान संशोधन चुनावपछि हुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको भनाइलाई मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमा वर्षा सुरु भए पनि मनसुन सुरु नभएकादेखि राजपालाई निर्वाचनमा भाग लिन बाटो खुलेकासम्मका खबर छन् ।
नयाँ पत्रिका दैनिकले स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकारबारेको सामग्रीलाई मुख्य खबर बनाएर छापेको छ । नयाँ पत्रिकाले भारत–अमेरिकाले प्रचण्डको वैदेशिक नीतिको निरन्तरता चाहेको खबरसँगै मेलम्चीको ट्यांकी र पाइपमा सेन्सर राखिने लेखेको छ ।
राजधानी दैनिकले निर्वाचनले सामाजिक सद्भाव मात्रै होइन, श्रीमान–श्रीमतीको सम्बन्ध नै बिच्छेद भएको लेखेको छ ।
कान्तिपुरले निर्वाचनपछि संविधान संशोधन हुने लेखेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले राजपा नेतृत्वमा अझै धरमर रहेको सामग्री छापेको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको