अमिरको दंगल चीनमा रिलिज हुँदै

aamir-khan-768x622

सन् २०१६ मा बलिउडमा अत्यधिक सफल भएको फिल्म हो दंगल । आमिर  खानको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको थियो र समिक्षकहरुको पनि मन जितेको थियो । फिल्म फेयरमा दंगलले चारवटा अवार्ड जित्यो ।

दंगल पाकिस्तानमा रिलिज हुन सकेन किनकी त्यहाँ राष्ट्रिय गान काटेर रिलिज गर्न खोजिएको थियो । पाकिस्तानमा रिलिज नभए पनि आमिर  खानले अब आफ्नो फिल्म चीनमा रिलिज गर्ने तयारी गरेका छन् । चीनमा उनको राम्रो फ्यान फलोइङ छ । चीनका थुप्रै शहरहरुमा दंगल रिलिज गर्ने अमिरको योजना छ ।

दंगल एक रेसलर महावीर फोगटको जीवनमा आधारित छ जहाँ आमिरले महावीरको भूमिका निभाएका छन् । उनी आफ्ना छोरीहरु गीता फोगट र बबीता फोगटलाई तालिम दिएर च्याम्पियन रेसलर बनाउँछन् । यो फिल्मले भारतमा मात्र नभएर विदेशमा पनि राम्रो कमाई गरेको थियो ।

 

photo

NOC1-250x300