February 21, 2017

अब क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

downloadकाठमाडौं, फागुन १० – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वा्चित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वा्चित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए । उप्रेतीका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो । ‘‘स्ववियुलाई वास्तविक विद्यार्थीको सङ्गठन बनाउनका लागि अन्तिम तहको परीक्षा दिइसकेपछि त्यो पदाधिकारी वा सदस्य पदमा बस्न पाउँदैन’’उप्रतीले भने ‘‘स्ववियुलाई मर्या्दित बनाउनका लागि अहिले यस्तो व्यवस्था ल्याउन थालिएको हो ।’’ उप्रतीले स्ववियुबाट रिक्त पदलाई के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताए । त्रिविले स्ववियु निर्वाचनमा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली अपनाउँदै छ । सभापति, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपतिक प्रणालीबाट चयन गरिने छ । उपसभापति र सहसचिव निर्वा्चित स्ववियुले चयन गर्नेछ भने ५० प्रतिशत सङ्गठनले बुझाएको बन्दसूचीबाट सबैभन्दा बढी मत पाउने सदस्यलाई निर्वाचन समितिले मनोनयन गर्ने छ । त्रिविमा यही फागुन १८ गते आठ वर्षपछि स्ववियु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग