May 2, 2017

अपहरणमा परेका नेपाली काँग्रेस म्याग्दीका उम्मेद्वार पुन सकुशल रिहा

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् ।

भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहेका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए ।

चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भने, “संलग्न व्यक्तिको खोजी जारी छ ।”

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाएका थिए।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा परेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

  आश्विन  १०, महोत्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही

निलम्बनपछी पनि चोलेन्द्र शमशेरलाई नजरबन्दमा राख्नु गलत,शेखर कोइराला

९भदौ,बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले निलम्बन पछि

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य

अध्यक्ष ओलीको ध्यान मधेसतीर,आफ्नै सरकारको पालामा किनिएको रेलमा यात्रा

८ असोज,जनकपुरधाम । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान मधेस