अपराध लुकाउन नाम र धर्म परिवर्तन !

काठमाडौँ, २२ कात्तिक ।  व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो ।

बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे ।

उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए ।

पक्राउ परेका व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अगाडि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गरिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो ।

बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संग्लन पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो ।

त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सितौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्ता पक्राउ गर्‍यो । उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । घटनाको चार बर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको