२०१९ को आइपिएल चाँडै सुरु हुने, यस्तो छ नयाँ तालिका

 इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण अघिल्ला वर्षहरुभन्दा चाँडै सुरु गर्ने तयारी गरिएको छ । विश्वकप क्रिकेटलाई ध्यानमा राख्दै आएपिएल अघिल्ला वर्षभन्दा चाँडै सुरु गर्ने तयारी गरिएको इएसपिएनक्रिकइन्फोले जनाएको छ । विश्वकप क्रिकेट मे ३० मा सुरु हुँदैछ । भारतले भने विश्वकपमा आफ्नो पहिलो खेल जून ६ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्देछ । 

भारतीय टिमका कप्तान विराट कोहली र कोच रवि शास्त्रीले बीसीसीआइको कमिटी अफ एडमिनिस्ट्रेटर्ससँग आइपिएल चाँडै सुरु गर्न आग्रह गरेका थिए । यसअघि कप्तान कोहलीले टिमका तीब्रगतिका बलर, खासगरी जसप्रित बुमराह र भुवनेश्वर कुमारलाई आइपिएलमा विश्राम दिन आग्रह गरेका थिए । तर, उपकप्तान रोहित शर्मा र आइपिएल फ्रेन्चाइजहरुले यो आग्रह अस्वीकार गरे । त्यसपछि कप्तान कोहलीले आइपिएल चाँडै सुरु गर्ने दोस्रो तरिका निकालेका हुन् । 

इएसपिएनक्रिकइन्फोको रिपोर्टअनुसार आइपिएलको आगामी सिजन मार्च २३ मा सुरु हुने सम्भावना बलियो छ । यसअघि आइपिएल मार्च ३० मा सुरु हुन्थ्यो । आइपिएलका चीफ अपरेटिङ अफिसर हेमांग अमिनका अुसार ननयाँ तालिकामा आइपिएल फ्रेन्चाइजहरु सहमत भएमा प्रतियोगिता चाँडै सुरु हुन सक्छ र यो त्यति कठिन पनि छैन । बीसीसीआइले आइपिएलको आगामी संस्करण भारतमै आयोजना गर्ने प्रयास गर्दैछ यद्यपि भारतमा आम चुनाव हुन लागेका कारण यो कठिन छ । निर्वाचन आयोगसँग परामर्शपछि मात्र आइपिएल भारतमै हुने वा बाहिर भन्ने निश्चित हुनेछ । यदि भारतमा हुन ननसकेमा आइपिएल दक्षिण अफ्रिकामा हुनेछ । यसका लागि बीसीसीआइले दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग परामर्श गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति