साउने संक्रान्ति पर्व देशभर मनाईदै,  महिलाहरूकाे १ महिने व्रत शुरू

saune-sakranti-puja--650x500

काठमाडौं, साउन १ । साउने संक्रान्ति पर्व देशभर आज मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।

हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिन लुतो समेत फाल्ने परम्परा छ । ग्रामिण क्षेत्रमा अझैं पनि लुतो फाल्ने गरेको पाइएपनि शहरी क्षेत्रमा भने यो प्रचलन बिस्तारै हराउन थालेको छ ।

कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने  र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फयाँक्ने चलन छ ।   लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ । साउन महिनाभर शिवको पुजा आराधना गर्ने परम्परा छ । भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेको धनेश्वर, लगायत विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ