सरकारविरुद्ध सडकमा उत्रँदै कांग्रेस

 काठमाडौं , माघ १३ : आफ्नो असहमतिका बीच संसदले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि रुष्ट बनेको नेपाली कांग्रेस सरकारविरुद्ध सडक संघर्षमा उत्रने भएको छ।

सरकारको कार्यशैलीविरुद्ध आज (आइतबार) उसका भ्रातृ संगठनहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा संयुक्त विरोध जुलुस निकाल्दैछन्।

यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले स्विट्जरल्यान्डबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमै कालो झन्डा देखाएका थिए।

तर पार्टीका तर्फबाट गरिने विरोधका कार्यक्रमबारे भने आज बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘आज भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ,’ उनले भने, ‘आज दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसमा हामी नेविसंघको महाधिवेशनलगायत आन्तरिक विषयका साथै संसदमा सरकारले देखाएको कार्यशैलीविरुद्ध कसरी उत्रने भन्ने विषयमा पनि छलफल गर्नेछौं।’

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्‌मा प्रतिपक्षले राेस्ट्रम घेराउ गर्दासमेत सभामुखबाट संसद्‍को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघ मातहतबाट हटाइनुले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको आरोप छ।

तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए संसद्मा अवरोध जारी राख्ने पनि कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक