सभामुख र उपसभामुखको विषयमा सत्ता र प्रतिपक्ष सांसदबीच भनाभन

सभामुख र उपसभामुख पदका विषयमा प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदबीच जुहारी भएको छ।

बुधबारको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच भनाभन सुरु भएको हो।

सांसद खाँडले बोल्दै गर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभइ स्वतन्त्र भएको दाबी गरे। उनले सभामुख र उपसभामुख निर्वाचन पश्चात नै स्वतन्त्र हैसियतमा रहेको पद भएकाले दलीय बाँड फाँडको कुराको औचित्यहीन भएको बताए। लगत्तै प्रतिवाद गर्न माइक समातेर उभिएका कांग्रेसका सांसद देवप्रकाश तिमिल्सिनालाई भने सभामुखले समय दिएनन्। त्यसपछि कांग्रेसका पार्वती डिसी चौधरी, अतहर कमाल मुसलमान, भरत शाहलगायतले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए। 

विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न रोष्ट्रम पुगेका सांसद अतहर कमाल मुसलमानले संविधान कार्यान्वयको सुरुवात सदनबाट नै हुनुपर्ने भन्दै सभामुख र उपसभामुख पदको सवालमा कांग्रेसका प्रमुख सचेतकले बोल्दै गर्दा  सत्ता पक्षबाट सांसदबीचमा भनाभन हुने अवस्था सृजना हुनु गलत भएको बताए। उनले यस्तै हुने हो भने भोलिका दिनमा सदन संचालन हुन पनि अप्ठ्यारो हुनेतर्फ सचेत गराए।

आफूहरुले उठाएको सवाल पद प्राप्तिको विषय नभइ न्याय र सिद्धान्त तथा संविधान कार्यान्वयनको विषय भएकाले गम्भीरता पूर्वक ग्रहण गर्न सत्तापक्षको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न सभामुखलाई आग्रह गरे। उनले आफूले बनाएको नियमलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरे। 

सांसद भरतकुमार शाहले उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा पनि सभामुख र उपसभामुख भिन्न दललाई दिने चलन रहेको भन्दै प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद प्रकाश रसाइलीले सभामुख र उपसभामुख संविधानले गरेको व्यवस्था अनुसार गर्नुपर्छ भन्दा सांसदप्रति आरोप प्रत्यारोप हुने अवस्था श्रृजना हुनुले राम्रो संदेश नजाने भन्दै कानुन र संविधानमा उल्लेख भएको प्रावधान कार्यान्वय गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने,  ‘संविधान मैले नै बनाएको भन्ने केही नेताहरुले बाहिर गएर प्रतिक्रिया दिनु आपत्तीजनक कुरा हो।  एउटा पदका लागि नेपाली कांग्रेस पार्टी मरिहत्ते गर्ने पार्टी होइन। कुरा कानुन र संविधानको हो।’

सांसद पार्वता डि सी चौधरीले सभामुख भन्दा विधि र पद्धति अनुसार चल्न सरकारको ध्यानाकर्षण गराए। विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद देव प्रकाश तिमिल्सिनाले संविधान कार्यान्वयन गर्नुपर्छ भन्दा सत्तापक्षका सांसदले विरोध गरेकोमा आपत्ति जनाउँदै संविधानको अक्षरस कार्यान्वयन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक