संविधान कार्यान्वयनका सम्बन्धमा कांग्रेस सत्ता हो : गगन थापा

काठमाडौं , मंसिर ३ : नेपाली कांग्रेस नेता नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबारपूर्ण भूमिका निर्वाह गरे पनि सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी र जिम्मेवार नबनेको टीप्पणी गरे।

उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भुमिका निर्वाह गरेको दाबी गरे। लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने उनको भनाइ थियो।

राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। ‘संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो, कांग्रेस सत्ता हो। कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो। हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ’, उनले भने।

नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने उनले बताए।

महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालिन र अल्पकालिन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गरे। कांग्रेसकाे विधानअनुसार महासमिति बैठकले महाधिवेशनले गर्ने केन्द्रीय समितिको निर्वाचन बाहेक सबै निर्णय गर्न पाउने अधिकार राख्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक