July 1, 2019

संखुवासभामा ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन

असार १६,काठमाडौं : संखुवासभामा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन गरिएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा काठममाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष फोर्स संखुवासभा पठाइएको हो । 

संखुवासभामा ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन

नेपाल प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी बलको १५ र नेपाल प्रहरीको १० जनाको टोली संखुवासभा पठाइएको छ । आज बिहानमात्रै संखुवसभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो । तर दुवै पक्षबीच कुनै क्षति भने भएको छैन । दुई पक्षबीच दोहोरो गोली हानाहान भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१  होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेका थिए । प्रहरीले देशव्यापी रुपमा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एनड अरेस्ट अपरेसन’ चलाइरहेको छ ।

गोली हानाहानपछि विप्लव समूहका कार्यकर्ता भागेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । विप्लव समूहले पहाडी जिल्लामा आफ्नो उपस्थिति बढाएको निष्कर्ष निकाल्दै सुरक्षा संयन्त्रले सतर्कता बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।