राष्ट्रपतीले बिआरआई सम्मेलनमा भाग लिन चिन जानु उपयुक्त हाेइन: डा. कोइराला

बैशाख १५,काठमाडाैँ :  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संबैधानिक राष्ट्रपती बिध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपती जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चिन जानु उपयुक्त नभएको बताएका छन् ।

डा. कोइराला भने-“पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतीको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन । जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संबैधानिक राष्ट्रपतीले गर्दै हिडिरहेकाे छ । यसबाट के सन्देश दिन खोजेको ?”

नेपाली काँग्रेस कोहलपुर नगरसमिती, बाॅकेको भेलालाई संबोधन गर्दै डा. कोइरालाले वालुवाटार र टूॅडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्बजनिक गरेर जो दोषी देखिए पनी कारबाही हुनुपर्ने बताए । सरकार, भूमाफिया, राजनितिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूॅडिखेलको जग्गा भाडामा लगाएको बताएका छन् ।

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए ।

काँग्रेस केन्द्रिय धनराज गुरुङ्ले गरिब नेपालीको रगत-पसिना चुसेर राष्ट्रपती र प्रधानमन्त्रीले आलिशान जिवन बिताईरहेको बताए । केन्द्रिय सदस्य गुरुङ्ले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउॅन प्रधानमन्त्रीलाई चेतावनी दिए । गुरुङ्ले भ्रष्ट्राचारको चाङ्मा उभिएर समृद्धिको सपना नदेख्न पनी प्रधानमन्त्रीलाई चेतावनी दिए । 

बाॅके काँग्रेसका सभापती किरण कोइरालाले प्रतिपक्ष कमजोर भएकाले सरकारका कमी कमजोरी जनता सामु आउॅन नसकेको बताए । ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राईले बर्तमान सरकार श्रमिक बिरोधी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक