मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान !

मृत्युको मुखमा  पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँजाले बचाएको छ ।

enalis-akhabardainik

लुजान त्यतिबेला मृत्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको रोग लागेको थियो । यो रोगका कारण दिमागले ठिकसँग काम गर्दैन र लगातार बेहोसी तथा झट्काका कारण व्यक्तिको मृत्यु हुन्छ

१२ वर्षकी एनाजिस एक जिम्नास्टिक मिटमा थिइन् । यत्तिकैमा उनलाई उल्टी हुन थाल्यो र खुट्टाले काम गर्न छाडे । उनका आमाबाबुले उनलाई तत्काल अस्पताल लिएर गए ।

अस्पतालमा उनको मस्तिष्कलाई मर्नबाट बचाउनको लागि डाक्टरहरुले यसलाई अचेत गरिदिए । जाँचपछि डाक्टरहरुले बताए एनालिसलाई निकै विचित्र किसिमको रोग लागेको छ । डाक्टरले उनको उपचार सुरु गरे तर उनीमाथि कुनै औषधीले असर गरिरहेको थिएन ।

औषधीले असर नगरेपछि डाक्टर र एनालिसको परिवार दुवै चिन्तित थिए । यही बीचमा एनालिसकी आमाले एक किताबमा लेखिएको अनुसन्धानमा पढिन् गाँजाको तेलबाट बनेको औषधी क्यानाबिडियलबाट यो रोगको उपचार सम्भव छ ।

एनालिसकी आमाले यस बारेमा डाक्टरसँग कुरा गरेपछि अस्पतालको अनुमतिमा यो औषधी परीक्षण गरियो । आश्चर्यको कुरा एनालिस यो औषधीको ३ डोजले ठिक भइन् । यो केडिकल साइन्समा निकै ठूलो उपलब्धी थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी