February 23, 2018

माओवादी केन्द्रका  रोल्पाली नेता एक जुट , राेल्पाली कै हातमा सत्ता कब्जाकाे रणनीती बन्याे!!

 

काठमाडौं, फागुन ११ गते । ‘माओवादीलाई यो हैसियतमा ल्याउने हामी रोल्पाली अनि डाडुपन्यु चलाउन वाहिरकालाई हामीले किन दिने ?’ आजभोलि रोल्पाली माओवादी केन्द्रका नेताहरुबीच यो चर्चा चलिरहेको छ ।हामी रोल्पाली फुट्नुको कारण दुःख पाइएको भन्दै यसपटक एकअर्कालाई जमेर सहयोग गर्ने सहमति भएको ती नेताले साँघुलाई बताए ।

 

यसपटक सभामुखमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा वर्षमान पुन, उपराष्ट्रपतिमा नन्दकिशोर पुन कम्तीमा बनाउने सहमति भएको उनको भनाइ छ । मन्त्रीमा जयपुरी घर्तीलाई लैजान अन्तिम समयसम्म कोसिस  गर्ने,  नसके प्रमुख सचेतक बनाउने योजना रहेको रोलपाली नेता निकट स्रोत बताउछ । पार्टी फुटाएर आएकालाई प्राथमिता दिने, जहिले पनि रोल्पा भन्ने वित्तिकै रुकुमलाई प्रतिस्पर्धामा ल्याउने प्रचण्डको तरिकासँग पनि आक्रोसित भए पनि अहिले प्रचण्डसँग लड्ने भन्दा पनि प्रारम्भमा फकाएर नै जानुपर्ने उनीहरुले निश्कर्ष निकालेको पनि स्रोतले दावी गरेको छ ।  पुराना नेतालाई एक ठाउँमा ल्याउन रोल्पाका युवा, विद्यार्थीको पनि विशेष हात रहेको छ । लड्नुपरेमा भित्र लड्ने तर वाहिर नलड्ने उनीहरुले समझदारी बनाएका छन् । 

गृहमन्त्रीमा वर्षमान पुनको साटो रामबहादुर थापा ‘वादल’ र उपराष्ट्रपति नन्दकिशोर पुनको साटो अमिक शेरचनलाई ल्याउने चर्चा चलिरहेको भन्दै यसो भएमा प्रचण्ड पनि चितवनवादी भएको निश्कर्ष निकाल्नु पर्ने र त्यस्तो स्थितिमा रोल्पालीले प्रचण्डलाई पनि छाड्नुपर्ने हुनसक्ने माओवादी केन्द्रका रोल्पाका एक स्थापित नेताले कडा चेतावनी दिए– ”लड्ने मर्ने, रगत बगाउने हामी रोल्पाली अनि खाने बेलामा अरु ठाउँकालाई कसरी हुनसक्छ ? त्यस्तो अवस्थामा रोल्पालीले प्रचण्डलाई छाडिदिनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक