February 5, 2017

देश विखण्डन गर्छु भन्ने सीके राउतलाई सरकारले हदैसम्मका कारवाहि गर्ने : प्रधानमन्त्री प्रचण्ड

 

२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विखण्डन गर्छु भन्ने सीके राउतविरुद्ध जुनसुकै हदसम्म जान पनि सरकार तयार रहेको बताएका छन् । साथै उनले राउतलाई खुलेआम गतिविधि गर्नु विगतको सरकारको गल्ती भएको बताएका छन् ।Prachanda_1

शनिबार साँझ नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा उपस्थित प्रचण्डले सरकारले हल्ला रुपमा कदम (सीके राउतलाई पक्राउ गर्ने) नचालेको बताए । उनले भने, खुलेआम देश टुक्राउँछु भन्नेलाई पनि छुट हुँदै सक्दैन ।’

स्वतन्त्रताको नाममा देशको सार्वभौमसत्ता, अखण्डताविरुद्ध खुलेआम गतिविधि गर्न दिनु विगतको सरकारको कमजोरी भएको उनले बताए । उनले भने, ‘कुनै पनि सर्तमा देशलाई विखण्डन गर्छु भन्नेप्रति नरम हुन सकिँदैन । सरकार जुनसुकै हदमा जान तयार छ ।’

सरकारले गम्भीर सोच विचार गरेर र सबै पक्षसँग रायसल्लाह लिएर नै राउतविरुद्ध कमद चालेको बताए ।

विगतको जस्तो गल्ती नदोहोर्‍याउने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, सरकार अघि बढिसक्यो । सुरक्षा निकाय र राजनीतिक नेतृत्वले यो गम्भीरता बुझेको छ र सहयोग गर्ने विश्वास छ ।’
जितिन्छ कि हारिन्छ चिन्ता छैन, चुनाव गराउँछु

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको बताए ।

प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना सुनाए । प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’

सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिनबारे पि्रजेन्टेसन गर्न आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताए ।

आयोगले केही रकम चाहिन्छ भनेको भन्दै उनले भने, केही पैसा चाहिन्छ भने सरकार तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका