दुधसँग नखानुहोस् यी पाँच खानेकुरा, हुनसक्छ हानीकारक !

ad0a506-1

भिटामिन, मिनरल्सका पाइने भएकाले दुध पिइन्छ । तर आयुर्वेदको नियम अनुसार दुध सँथै केही खानेकुरा खानुहुँदैन ।

कागती, कटहरसँग दुध हानिकारकः

दुधसँग कागती, कटहर, करेला वा नुनको कहिले पनि सेवन गर्नुहुँदैन । दुधसँगै यी खानेकुराको सेवनले छालाको रोगजस्तै दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ ।

दुधसँग दालः

दुधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन । यस्तै, गाजर, आलू, तेल, गुँद, मह, दही, नरिवल, लसुन, सबै नुनिलो खानेकुरा खानुहँदैन । यसबीच कम्तीमा दुई घण्टाको अन्तर आवश्यक छ । दुधसँगै दालको सेवनले हृदयघातको खतरा बढ्ने गर्छ ।

दुधसँग मूलाः

दुधलाई कहिले पनि अमिलो र नुनिलो खानेकुरासँग खानुहुँदैन । यसका साथै यदि कुनै खाद्य पदार्थमा मूला प्रयोग गरिएको छ भने यसलगत्तै दुध खानुहुँदैन । यस्तो गर्दा दुध विषाक्ता हुन्छ साथै छाला सम्बन्धि रोगको आशंका हुन्छ । मूलाबाट बनेको खानेकुरा खाँदा कम्तिमा दुई घण्टापछि मात्र दुध पिउनुहोस् ।

माछासँग दुधः

दुधसँग माछा खानुहुँदैन । यसो गर्दा ग्याँस, एलर्जी र छालासम्बन्धि रोग लाग्न सक्छ ।

फलफूल र दुधः

दुधसँग सुन्तलाजस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन । ब्रत बस्दा मानिसहरु केरासँग दुध खान्छन् जुन गलत हो । केराले कफ बढाउँछ भने दुधले पनि कफ बढाउन सहयोग गर्दछ । दुबै खाँदा कफको मात्रामा वृद्धि हुन्छ र पाचनमा पनि असर पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा