दीपक बज्राचार्यको गीत ‘मनमगन’ हिन्दी भाषामा (भिडीयो)

पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाली र नेपाल भाषा पछि अहिले हिन्दी भाषामा समेत रिलिज भएको छ ।यो गीतमा दीपक बज्राचार्यको स्वर तथा रिक्की शाक्यको शब्द रहेको छ । गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्दै छ । 

हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा प्रतियोगीले नेपाली भाषाको मनमगनमा नृत्य गरे पछि यस गीतको चर्चा अझै चुलिएको छ ।

संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौँ ,संसारलाई नेपाली सङ्गीतमा नचाऔँ भन्दै गायक बज्राचार्यले नेपाली बाजाहरूको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् ।

नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय हुन आउछ ।क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ ।

नेवारी कला, संस्कृति, गीत, संगीत र बाजागाजाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा पनि जुटेका गायक बज्राचार्यले नेपाली मौलिक बाजाहरुको प्रयोग गरि यो गीत तयार पारेका हुन् । गीतमा धिमेसहित नेपाली मौलिक बाजाहरु बाँसुरी, मादल, सारङ्गी आदिको पनि प्रयोग भएको छ ।

यसैगरी भिडियोमा कुमारी जात्रा, पुलुकिसी जात्रा, झ्याउरे नाच, घिन्ताङ घिसी नाच, छलिया नाच, झाँक्री नाच, लाखे नाच, धिमे नाच आदिको समिश्रण पाइन्छ ।

लोक र सांस्कृतिक लय तथा तालमा रहेको यो गीतको एरेन्ज रिदम ब्याण्डले गरेको छ भने अडियो मिक्सिङ फिरोज बज्राचार्यले गरेका छन् ।अनिल मानन्धरले छायाङ्कन गरेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । यो गीतको म्यूजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

”मनमगन” हिन्दिमा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको