October 31, 2018

‘दि ब्रेकअप’ टिमको पहिलो गीत सार्वजनिक (भिडियो)

तिहार नजिकिँदै गर्दा सिनेमा ‘दि ब्रेकअप’ टिमले दर्शकलाई उपहार स्वरूप पहिलो गीत सार्वजनिक गरेकाे छ।

मंगलबार युट्युबमार्फत् सिनेमामा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरेको हो।

उक्त गीतमा सरोज खनाल र पछिल्ला पुस्ताका कलाकारहरू रेमनदास श्रेष्ठ, अशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की लगायतको आकर्षक नृत्य देख्न सकिन्छ।

बुद्धवीर लामाका शब्द, शिलाबहादुर मोक्तानको संगीत तथा आशा भोस्ले र उदित नारायण झाको आवाजमा रहेको पुरानो गीतलाई रिमेक गरेर ‘दि ब्रेकअप’ सिनेमामा समावेश गरिएको हो।

यसअघि सिनेमा ज्वालामा समावेश उक्त गीत २६ वर्ष पहिले बनेको हो। रोचक कुरा के छ भने यस गीतमा पहिले पनि नायक सरोज खनालले नै नाचेका थिए।

नयाँ भर्सनको उक्त गीतमा अहिले विराज गौतम र मेलिना राईको आवाज छ। गीतलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसुर बाँकी नराखेको दाबी गरेको छ।

हेमराज बिसीको निर्देशनमा बनेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्। यसमा रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको