दसैँमा प्रधानमन्त्री ओलीको दौडधूप , प्रचण्डलाई बरखी !

 नेपालीहरूको महान चाड दसैँमा सहर बजार रित्तो र सडक सुनसान बनिरहेका बेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का शीर्ष नेताहरूलाई पनि केही फुर्सद मिलेको छ । गत वर्ष  वाम गठबन्धन निर्माणमा व्यस्त रहेका ने क पाका शीर्षस्थहरू यसपटक पार्टी एकता प्रक्रियामा दसैँमा व्यस्त रहने छैनन् । अधिकांश नेता राजधानीमै रहेर दसैँ मनाउने योजनामा रहेको ने क पाले जानकारी दिएको छ ।

ओलीको दौडधूप
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दसैँको अवसर पारेर गृहजिल्ला झापा जानेछन् र नेता–कार्यकर्ता–मतदाता भेटघाटमा व्यस्त रहने प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।उनी मंगलबार सप्तमीका दिन झापा जानेर नवमीको दिन बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको टीका बालुवाटारमै हुनेछ भने आफ्नो टीकाटालो सकिएपछि नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको अर्यालले जानकारी दिएका छन् । यद्यपि नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकलाई टीका लगाइदिने समयको भने टुंगो लागिसकेको छैन ।

प्रचण्ड परिवारको बरखी
गत वर्ष पुत्र–शोकमा परेका प्रचण्डको बरखी नसकिएकाले यसवर्ष उनले टीका लगाउने छैनन् । र, उनी दसैँ अवधिभर बाहिर नजाने र घरमै कार्यकर्ता भेटघाटलगायतका काममा व्यस्त रहने उनको निजी सचिवालयले जानकारी दिएको छ ।

दसैँलगत्तै पार्टीको सचिवालयको बैठक, स्थायी कमिटीको बैठकको तयारी रहेकाले पनि उनी दसैँमा काठमाडौंमै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक