August 27, 2016

जनताका समस्या समाधान नगरे बन्दुक उठाउने वैद्यकाे चेतावनी

११, बाँके । images (9)नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टीले बन्दुक उठाउन तयार रहेको बताएका छन् । जनताका समस्या राज्यले समाधान नगरेकोले राष्ट्रियता र जनजीविकाको लागि आफ्नो पार्टीले बन्दुक उठाउन तयार रहेको बताएका हुन ।  बाँकेको कोहलपुरमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई स्म्वोधन गर्दै अध्यक्ष वैद्यले यस्तो बताएका हुन ।

हिजो जनयुद्ध गर्दा पार्टीले उठाएको मुद्धा राज्यले अहिले सम्म सम्बोधन नगरेको भन्दै गरिव जनता अझै पनि गाँस,बाँस र कपासको समस्यामा रहेको बताउदै क्रान्तिकारीको नाममा सत्तामा गएकाले जनतालाई धोका दिएको र जनता राज्यको गलत नीति बिरुद्ध बन्दुक बोक्न फेरी पनि तयार रहेको वताए । संर्घष इच्छाले होईन,बाध्यताले सृजना गर्छ, जनतालाई फेरी बन्दुक उठाउन राज्यले बाध्य पारेको अध्यक्ष वैद्यले वताए ।

पार्टीले स्थानीय निकायको निर्वाचनमा आवश्यकता अनुसार उपयोग र वहिष्कार दुबै प्रयोग गर्ने नीति बनाएको जनाउदै उनले स्थानीय निकायको निर्वाचन गर्न सक्ने सम्भावना नदेखिएका बताए ।
पार्टीमा रहेको गुटगत अवसरवाद र दक्षिणपन्थी पखालिएर गएपछि पार्टी झनै बलियो भएको वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक