कार्टुन क्रिउको ‘सोचमा’ सार्वजनिक (भिडियो)

काठमाडौं १८ बैशाख : नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ।

तर सम्भवत पहिलोपटक यो समूह अलिक फरक किसिमको गीतको भिडियोमा देखिएको छ। यो गीतमा सरोज र आश्मा न त रोमान्टिक बनेका छन्। न त उनीहरुका साथीहरुले रोमान्टिक हुने वातावरण नै बनाइदिएका छन्।

गायक संजिब पराजुलीको नयाँ गीत ‘सोचमा’को भिडियोमा सरोजलाई बसको सहचालक र आश्मालाई कलेजकी विद्यार्थीको रुपमा देखाइएको छ। सेन्टिमेन्टल फ्लेभरको गीत सुन्दा र दृश्य हेर्दा निकै आनन्द लाग्छ।

 

गीतमा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। गीतमा कार्टुन क्रिउसँगै गायक संजिब पनि फिचर्ड छन्। अघि गायक संजिब र कार्टुन क्रिउको सहकार्यमा ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतको भिडियो निकै चर्चित भएको थियो। भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, लाक्पा डी लामाको सम्पादन छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको