आमाले आफ्नी नवजात छोरीलाई जन्मेको २ घण्टामै खाल्डोमा पुरेपछि…….. (भिडीयो)

के कुनै आमाले आफ्नै सन्तानलाई जिउँदै खाल्डोमा हालेर माटोले पुर्न सक्छ ? सामान्यतया कुनै आमा यति कठोर हुन सक्दैनन् । तर, कुनै आमाले भने क्रुरताको सबै सीमा नाघिदिन्छन् । यस्तै मुटु हल्लाउने घटना भारतको गुजरातको सुरेन्द्रनगर जिल्लामा भएको छ । यहाँ एक आमाले आफ्नी नवजात छोरीलाई जन्मेको २ घण्टामै खाल्डोमा फालिदिएकी छिन् । 

करिब ५ घण्टासम्म ती नवजात भिसोमा नाङगै खाल्डोमा फालिइन् । चिसोमा कठ्याङ्ग्रिंदै बसिन् । उनलाई कमिलाले खाइरहे । भनिन्छ नि मार्ने भन्दा बचाउने ठूलो हुन्छ । ती बालिकाको हकमा पनि त्यस्तै भयो । आमाले खाल्डोमा फालेपछि नवजातलाई जिउँदै माटोले पुर्न चाहेकी थिइन् । तर, उनले माटो हाल्न लाग्दा नजिकै केही मान्छेहरु हिँडिरहेको थाहा पाएपछि बालिकालाई त्यत्तिकै छोडेर भागिन् । त्यतिबेला हिँडेका मानिसले पनि त्यहाँ बालिका भएको थाहा पाएनन् तर ५ घण्टापछि अर्कै एक व्यक्तिले त्यहाँ बालिका भएको थाहा पाए । 

बालिका त्यहाँ भएको थाहा पाएपछि उनले बालिकालाई त्यहाँबाट निकाले । बालिका झण्डै ५ घण्टा चिसोमा फालिएकी थिइन् र उनलाई कमिलाले खाएका थिए तर भाग्यवश उनी जीवितै थिइन् । फेला पारेका स्थानीयले बालिकालाई अस्पताल लिएर गए र पुलिसलाई खबर गरे । पुलिसले जाँच गर्दा बालिकाकी आमाको बारेमा थाहा भयो । जब पुलिस महिलाको घर पुग्यो उनी घरमा आरामले सुतिरहेकी थिइन् । महिलाका अनुसार उनले बिहान ४ बजे छोरी जन्माएपछि उनलाई खाल्डोमा फालेकी थिइन् । महिलाका २ छोरी पहिल्यै छन् । तेस्रो पटक पनि छोरी भएका कारण उनले छोरीलाई खाल्डोमा जिउँदै पुर्न चाहेको बताइन् । हेर्नुहोस् भिडियो :-

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी