अघि बढेको बिकासको रेललाई रोक्न खोज्नेलाई इतिहासले भित्तामा पुर्याउने: महेश बस्नेत

prachanda-mahesh-1-710x473

भक्तपुर, फागुन ४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देशमा विकासको रेल अघि बढिसकेकाले विकासे रेललाई कसैले रोक्ने प्रयास गरे इतिहासमा समेटिने चेतावनी दिनुभएको छ ।

आज भक्तपुरमा सञ्चालनमा रहेको हनुमन्ते नदी सफाई अभियानको ५१औं हप्ता तथा राष्ट्रिय झण्डोत्तलन विशेष कार्यक्रममा बोल्दै सांसद बस्नेतले सो उदघोष गर्नुभएको हो । उहाँले सल्लाघारीको ट्राफिक आईलाइनमा राष्ट्रिय झण्डोत्तलन प्रतिरोध गर्ने चेतावनी दिनु नेमकिपाको संक्रिणता भएको बताउनुभयो ।

भक्तपुरमा भएको विकास तथा समृद्धिमा सहभागिता जनाउन पटक पटक गरिएको प्रयासमा भक्तपुर नगरपालिका तथा नेमकिपाले सहभागिता नजनाउन आफैले आफ्नो अस्थित्व संकटमा पार्ने कार्य भएको बस्नेतले बताउनुभयो । हनुमन्ते नदीमा भक्तपुर नगरपालिकाले बढी मात्रामा ढल खोलामा मिसाउने अनि सफाई अभियानमा सहभागिता नजनाउनु दःखद् भएको बताउनुभयो ।

सांसद बस्नेतले लक्षीत उद्देश्यमा पुग्न जनचेतनाको साथमा मनचेतनाको विकार अपरिहार्य रहेको बताउँदै सांसद बस्नेतले सफाई अभियान प्लास्टिक र फोहोर टिप्ने मात्र नभई चेतना, मन मस्तिष्क सफा गर्ने, सचेत गराउने, हिंसा, लागुऔषध नियन्त्रण, सुरक्षित, अपराधमुक्त, विकास निर्माणको अनुगमन तथा निरिक्षण लगायतका कार्यहरु समेटिएको अभियान भएको बताउनुभयो ।

अभियानसँगै भक्तपुरको विकासले तिव्रता पाएको बताउँदै सांसद बस्नेतले मालपोतमा जग्गा पास गर्दाको ०।५ प्रतिशत रकमको माध्यमबाट हनुमन्ते नदीको कोरिडोर पहिलो वर्ष ८१ करोड रुपौयाँमा शुरु गरिएको जानकारी गराउनुभयो । उहाँले उक्त कोरिडोर तीन चरणमा गरिने बताउँदै बालकुमारी चोकबाट जगातीसम्म अरनिको राजमार्गको समानन्तर सडक बनाउँदै अरनिको राजमार्गमा हुने सवारी जामलाई सदाको लागि अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

अभियानकै माध्यमले सूर्यविनायकदेखि साँगासम्मको सर्भिस ट्याक खुलेको साथै हनुमन्ते नदीको दायाँ बायाँ ढल लगाउने कार्य समेत तिव्र गतिमा अघि बढेको सांसद बस्नेतले जानकारी गराउनुभयो । त्यस्तै उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत तिव्र गतिका साथ निर्माण कार्य अघि बढेको बताउँनुभयो ।

उहाँले भक्तपुरमा निर्माण हुने अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, प्राणी उद्यान केन्द्र, सभागृह, सुरुङ मार्ग लगायतका सडक, पुल निर्माण सम्पन्न भए पश्चात भक्तपुरको मुहार फेरिने र नेपालकै नमुना जिल्लाको रुपमा विकास हुने बताउनुभयो ।

देशमा संघियता कार्यान्वयनको चरमा रहेको बताउँदै सांसद बस्नेतले भक्तपुरमा सञ्चालनमा रहेको सफाई अभियानबाटै सिंहदरवारलाई गाउँ गाउँमा पुर्याउने उद्देश्य अनुरुप हिजोदेखि सूनपा वडा नं। ७ गुण्डुमा ३८ सय जनतालाई सेवा प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले शिविरबाट आधारभुत तहका जनताले विना भ्रष्टाचार, विना झनझट सेवा प्राप्त गरेको समेत बताउनुभयो ।

सफाई अभियानले भक्तपुरमा हुने विभिन्न प्रकारका विकास निर्माण, हिंसा, पर्यटकिय, दुर्घटना न्युनिकरण, भ्रष्टाचार, सार्वजनिक स्थलमा हुन विभिन्न प्रकारका विकृति तथा विसंगति लगायतको अनुगमन तथा मुल्याङ्कन गर्दै कानुनी उपचारको बाटो खोज्ने अभियान समेत भएको बताउनुभयो ।

आगामी दिनमा प्रत्येक महिनाको पहिलो शुक्रवार भक्तपुर भरी एकिकृत घुम्ती अभियान सञ्चालन गरी कोही पनि स्वास्थ्य सेवा तथा सरकारी सेवाबाट बच्ति हुनु नपर्ने समेत उहाँले बताउनुभयो ।सांसद बस्नेतले आगामी चार वर्ष विकासमा एकता गर्नुपर्ने र बाँकी एक वर्ष राजनीतिमा प्रतिपर्धा गर्दै देश विकास र निर्माणमा लाग्न नेपाली कांग्रेस तथा नेमकिपालाई आग्रह गर्नुभयो ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।