June 24, 2020

कोरोना संक्रमणको चौथो चरणमा नेपाल, संकटग्रस्त क्षेत्र घोषणा हुन सक्ने

c1_1847634

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।

यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।

 

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १ सय ५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा थप ३ हजार ५ सय आठ जनालाई संक्रमण देखिएको छ ।

तर, अस्तव्यस्त क्वारेन्टिन, खुकुलो लकडाउन, पिसिआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नुलगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ । कुल संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक १० माघमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टिनबाट दैनिक ६ हजार ७ सय बाहिरिने गरेका छन् । पछिल्लो एक सातामा क्वारेन्टिनबाट ६ हजार सात सय ४२ जना बाहिरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा बसेका छन् । मंगलबार मात्रै ४ हजार ९ सय १७ जना क्वारेन्टिनबाट निस्किएका छन् । गत बुधबार ७ हजार २ सय ११, बिहीबार ९ हजार ५ सय ८३, शुक्रबार ६ हजार ७ सय ५४, शनिबार ७ हजार २ सय १६ जना क्वारेन्टिनबाट निस्किएका छन् ।

यस्तै, गत आइतबार ७ हजार ३ सय १७ र सोमबार ४ हजार १ सय ९८ जनाले क्वारेन्टिन छोडेका छन् । नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ जारी गर्दै स्वास्थ्य मन्त्रालयले क्वारेन्टिनमा रहेकाहरूलाई पिसिआर परीक्षणबाट बन्देज गरिएको छ । गाइडलाइनमा क्वारेन्टिनमा रहेका व्यक्तिको १४ दिनपछि आरडिटी परीक्षण गरिने उल्लेख छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मंगलबार थप ५ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । यस्तै, हालसम्म संक्रमितमध्ये २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७६ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म आरटी–पिसिआर प्रविधिबाट १ लाख ८६ हजार ३ सय ६६ जनाको कोरोना परीक्षण भएको छ । मंगलबार ४ हजार ९ सय ९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । पछिल्लो दुई सातायता सबैभन्दा कम मात्रामा कोरोना परीक्षण मंगलबार भएको देखिन्छ । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ